कोरोना भाइरसविरुद्धको ‘युद्ध’ का युवा योद्धा

‘फ्रन्टलाइन’मा अनुभवबिहीन तर प्रतिबद्ध युवा चिकित्सकहरु

मार्च ८ को बिहानीमा फ्रान्चिस्का ताम्बुरेली जर्मनीको हाइडलबर्गस्थित अपार्टमेन्टमा थिइन्, जतिबेला उनले नोवेल कोरोना भाइरसका कारण इटली लकडाउन हुन लागेको खबर पढिन्।

त्यो समाचार सुन्नेबित्तिकै ती २५ वर्षिया युवती, जसले भर्खरै एमबिबिएस सक्काएकी थिइन्, इटलीको तुरिनस्थित घरतर्फ लागिन्। त्यसको केही दिनमा उनी इटालीको क्रेमोनास्थित अस्पतालमा काम गर्न थालिन्।

इटलीको यही शहरमा कोरोनाको महामारी फैलिरहेको थियो। उनले काम गर्ने अस्पतालमा कोभिड–१९ का ५०० बिरामीको उपचार भइरहेको थियो। तान्जिनियामा गरेको इन्टनशिप र स्वयंसेवा बाहेक यो उनको पहिलो व्यवसायिक अभ्यास थियो।

ताम्बुरेली धेरै युवा चिकित्सक मध्येकी एक हुन्, जो इटालीको स्थानीय प्रशासनले गरेको फोनका आधारमा अस्पतालमा सेवा गरिरहेका छन्। इटलीका अस्पतालहरु अहिले चिकित्सक अभाव र अस्पतालले थेगिरहेको अप्रत्याशित दबाबसँग जुधिरहेका छन्।

इटली कोरोना भाइरसबाट नराम्ररी प्रभावित भएको देशहरुमध्ये एक हो। कोरोना भाइरसको संक्रमणबाट अहिले इटालीमा १० हजार भन्दा धेरै मानिसको ज्यान गइसकेको छ, ९२ हजार भन्दा धेरै मानिसलाई कोरोना पोजेटिभ देखिइसकेको छ। क्रेमोना जस्ता इटलीका अतिप्रभावित शहरहरुका अस्पतालहरु कोरोना भाइरस उपचार केन्द्रका रुपमा परिवर्तन भएका छन्। सबै डाक्टरहरु जो डर्माटोलोजी वा गाइनोकोलोजीमा दक्ष छन्, उनीहरु कोरोना भाइरससँगको लडाइँमा योद्धा बनिरहेका छन्।

जागिरको पहिलो दिन उनी ‘पल्मोनरी वार्ड’ मा खटिएकी थिइन्, यो वार्डमा गम्भीर स्वास प्रस्वास सम्बन्धी समस्या भएका बिरामी राखिएका हुन्छन्। यी बिरामीलाई सघन उपचार कक्षमा जुनसुकै समयमा पनि लैजानुपर्ने हुन्छ।

त्यहाँ काम गरेको ४ दिनपछि उनी नशारोग विभागमा काम गर्न थालिन्। यो विभाग कोरोना संक्रमित बिरामीको कम जोखिम भएका बिरामी राखिने वार्डको रुपमा परिवर्तन भएको थियो।

‘म दिनहुँ धेरै कुरा सिक्दैछु, तर २० वर्षदेखिका अनुभवि विशेषज्ञ पनि अहिले सिकिरहेका छन्। यो सबैलाई नयाँ अनुभव भइरहेको छ।’ उनले भनिन्, ‘अस्पतालको तहगत संरचना अचानक परिवर्तन भएको छ, अहिले यहाँ पल्मोनोलोजिस्ट र एनेस्थेसियोलोजिस्ट नै सबैभन्दा शीर्ष छन्।’0

यद्यपि उनको अस्पतालले अहिलेसम्म पिपिई र अन्य चिकित्सकीय सुविधाको अभाव झेल्नुपरेको छैन। उनी खतरा मोलिरहेकी छन्, जसरी थुप्रै चिकित्सकहरुले यो समयमा खतरा मोलिरहेका छन्। इटली अहिलेसम्म झण्डै साढे ६ हजार चिकित्सक तथा नर्सहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

‘मलाई थाहा छ, म यो रोगबाट संक्रमित हुने संभावना प्रवल छ।’ उनले भनिन्, ‘यो सोच्न सजिलो छैन की म मेरो परिवार र प्रेमीलाई फेरि देख्न पाउँछु की पाउँदिन, तर उहाँहरुले मलाई धेरै सहयोग गरिरहनुभएको छ र मलाई थाहा छ म सहि गर्दैछु।’

ताम्बुरेली अहिले एक होटलमा पूर्व विश्व विद्यालयकी सहपाठी, ओर्नेरेला क्याडेरोनसँग बसिरहेकी छन्। ३२ वर्षकी क्याडेरोनले पनि भर्खरै एमबिबिएस सक्काएकी हुन्। पछिल्लो सातासम्म उनी ‘सर्जन’ बन्नको लागि प्रवेश परीक्षाको तयारी गर्दै थिइन्, उनी केही अस्थायी काम पनि गरिरहेकी थिइन्।

उनले इटलीका नराम्ररी प्रभावित भएका अस्पतालहरुमा मद्दत गर्न इच्छुक भएको आवेदन दिएकी थिइन्, त्यसको दुई घण्टामा नै उनलाई फोन आयो। ‘यो अंज्ञात संख्या थियो र मैले अनुभूत गरे की मेरो जीवन अब बदलिने वाला छ।’ अस्पताल आइपुग्नुभन्दा दुई दिन अगाडि उनले भनिन्, ‘पागल जसरी पढेँ।’

उनलाई नयाँ अनुभव भइरहेको छ, व्यवहारिक जानकारीको खोजी र प्रक्रियाको बारेमा जानकार हुनु जो उनले कहिले पनि देखेकी छैनन्, जस्तो ‘भेन्टिलेटसन’।

अहिले उनी पल्मुनरी वार्डमा छिन्, अस्पतालको सबैभन्दा संवेदनशील क्षेत्र। क्रेमोनाको अस्पतालमा कार्यरत क्याडेरोनले भनिन् ‘म भन्न सक्दिन की मलाई यहाँ तत्कालै राख्नको लागि तयार गरिएको थियो। तर जब देखि म क्रेमोनामा आएकी थिए, तब मलाई कहिले पनि लागेन म गलत ठाउँमा आएकी छु।’

(यो सागम्री टाइम म्यागजिनको अनलाइन संस्करणबाट साभार गरिएको हो।)

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू