अष्ट्रेलियामा ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण

काठमाडौँ– विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा रहेका नेपालीहरु पनि जोखिममा परेका छन्।

यसैबीच अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका ८ जना नेपाली विद्यार्थीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ।

अष्ट्रेलियामा रहेको नेपाली राजदूतावासले हालसम्म अष्ट्रेलियमामा ८ जना नेपाली विद्यार्थी कोरोनाबाट संक्रमित भएकामा एक जना निको भएको र बाँकी ७ जना क्वारेन्टाइनमा रहेको जनाएको छ।

संसारभर तीब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा हालसम्म १६ जनाको मृत्यु  भएको छ भने ८ हजार ३ सय ९५ जना संक्रमित भएको पुष्टि भएको छ।

चैत १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्