एनआईसी एशिया बैंकद्वारा ‘ग्राहक सहायता केन्द्र’ स्थापना

काठमाडौँ– एनआईसी एशिया बैंकले लक डाउनको बेला ग्राहकहरुमा पर्न गएको समस्यालाई मध्यनजर गर्दै उक्त समस्या समाधान गर्न ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरेको छ।

बैंकले ग्राहकहरुका समस्या तथा गुनासाहरु फोनबाट मिलाउन प्रादेशिक तथा उपप्रादेशिक तहमा ग्राहक सहायता केन्द्र स्थापना गरेको हो।

उक्त सहायता केन्द्रबाट बैंक सम्बन्धी समस्या भएमा ग्राहकहरुले आफ्नो प्रदेशको सम्पर्क व्यक्तिसँग सोझै कुराकानी गरेर आफ्नो बैंकिङ समस्या समाधान गर्न सक्ने बैंकले जनाएको छ।

यस्तै प्रदेश १ का ग्राहकहरुले बैंकका प्रदेश १ कार्यालय प्रमुख दीपक थापालाई ९८५२०४८८११ नम्बरमा सिधै फोन गरेर बैंक सम्बन्धी समस्या राख्न सक्ने तथा त्यसको समाधान पनि प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ।

यस्तै विराटनगर, इटहरी, धरान, दमक र विर्तामोडका कर्मचारीहरुलाई सो क्षेत्रका ग्राहकहरुले फोनमार्फत बैंक सम्बन्धी आफ्नो समस्या राख्न सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार सात प्रदेशमा स्थापना गरिएका ‘ग्राहक सहायता केन्द्र’मार्फत ग्राहकले समस्या राख्ने तथा समाधान पनि गरिने छ।

यस्तै ग्राहकलाई विशेष सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बर १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ ९८०१२२७७५५ र ३४४८८ मा एसएमएस गर्न सकिने तथा वेबसाइट च्याटबट लगायत गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू