झापाको मेचीनगरमा विदेशबाट आएका मानिसहरुको घरमा रातो रंग पोत्न थालियो

झापा- भारतसंग सीमा जोडिएको झापाको मेचीनगर नगरपालिका वार्ड नं ८ मा केही दिन यता विदेशबाट आउने मानिसहरुको घरमा रातो ‘क्रस’ चिन्ह पोत्ने काम सुरु गरिएको छ।

विदेशबाट आउने मानिसहरु कुन/कुन घरमा छन् भनेर सजिलो बनाउनका लागि रातो क्रस चिन्ह लगाउन थालिएको वार्ड सदस्य सन्तोष मेचेले जानकारी दिए।

उक्त वार्डमा १७ जना भारतलगायत अन्य मुलुकबाट आएका छन्। उनीहरुका ८३ जना अभिभावकलाई पनि घर बाहिर ननिस्कन आग्रह गरिएको मेचेले जानकारी दिए।

खासगरि विदेशबाट आएकाहरुमा मात्र अहिलेसम्म कोरोना संक्रमण देखिएकाले गाउँमा स्थानीय तहले सतर्कता अपनाउन थालेका हुन्।

गाउँमा अन्य सर्वसाधारण सजग हुनका लागि यो उपयुक्त उपाय भएको स्थानीय तहका जनप्रतिनिधिहरुले बताएका छन्।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू