सरकारको कोरोना कोषमा सिद्धार्थ बैंकको ७० लाख सहयोग

वागमती प्रदेश सरकारलाई सहयोग।

काठमाडौँ– कोरोना भाइरसको रोकथामका लागि सरकारले घोषणा गरेको ‘कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष’मा सिद्धार्थ बैंक लिमिटेडले ७० लाख सहयोग गरेको छ।

बैंक प्रत्येक प्रदेश सरकार अन्र्तगतको कोषमा १० लाख रुपैयाँका दरले ७ वटै प्रदेश सरकारको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो सहयोग गरेको हो।

गण्डकी प्रदेश सरकारलाई सहयोग।

नेपाल सरकारको अनुराध अनुसार बैंकले आफ्नो देशभरका बैंकका शाखाहरुबाट सम्भव भएसम्मको सेवाप्रदान गर्दै आइरहेको जानकारी दिएको छ।

विश्वमा देखिएको भाइरस परिस्थितिको सामना गर्न सम्भव भएसम्म घरैमाबसी प्रबिधिमैत्री सुविधाको उपयोग गर्न आफ्ना ग्राहकहरुाई बैंकले आग्रह गरेको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू