बाँकेका थप ६ जनाको रिपोर्ट नेगेटिभ

नेपालगञ्ज– कोरोना भाइरसको संक्रमण भएको आशंकामा बाँकेबाट पठाइएको थप ६ जनाको नमुना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

चैत्र १३ गते उनीहरुको थ्रोट स्वाव संकलन गरेर परिक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको थियो।

यसअघि चैत्र २, ८ र १२ गते पठाइएको ७ जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत नरेश श्रेष्ठले बाँकेबाट हालसम्म २३ जनाको स्याम्पल पठाइएकोमा १३ जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए। श्रेष्ठका अनुसार शनिबार पठाइएको १० जनाको रिपोर्ट आउन बाँकी छ।

अहिले नेगेटिभ रिपोर्ट आएका केही फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरसबाट संक्रमित किशोरी सवार जहाजमा नेपाल आएका थिए।

बाँकेमा अहिले ५० जना क्वारेन्टाइनमा बसिरहेका छन्। हालसालै विदेशबाट आएका व्यक्तिको खोजी गरेर क्वारेन्टाइनमा राखिएको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्