तीन तस्बिरमा हेर्नुहोस् आजको विशेष मन्त्रिपरिषद् बैठक

तस्बिरहरु: राजन काफ्ले

काठमाडौँ- आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिँदै बसेको छ।

सरकारले आम नागरिकलाई व्यक्तिगत दूरी कायम गर्न आह्वान गरिरहेका बेला मन्त्रिपरिषद्को बैठकमा पनि त्यसको पालना गरिएको हो।

यसअघि बसेका मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री बाहेक अरु सबैले मास्क मात्र प्रयोग गरे पनि आइतबारको बैठक भने विशेष सावधानीसाथ गरिएको छ।

मन्त्रीहरु बस्न छुट्टाछुट्टै टेबल राखिएको छ भने एक टेबलदेखि अर्को टेबलसम्मको दूरी पनि विश्व स्वास्थ्य संगठनले भनेअनुसार तीन फिट राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

बैठकमा छिर्नुअघि मन्त्रीहरुको ज्वरो नापिएको थियो भने अनिवार्य रुपमा स्यानिटाइजर प्रयोग गरिएको थियो।

बैठकले लक डाउन ८ दिन थप्ने निर्णय गरेको छ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि मंगलबार बिहानसम्म घोषणा गरिएको लक डाउन लम्ब्याउँदै सरकारले ८ दिन थपेर चैत २६ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू