चलचित्र कलाकार संघले कोरोना कोषमा १ लाख १ हजार सहयोग गर्ने

काठमाडौं-नेपाल चलचित्र कलाकार संघले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण राहत कोषमा एक लाख एक हजार सहयोग गर्ने घोषणा गरेको छ।

चलचित्र कलाकार संघका अध्‍यक्ष रविन्द्र खड्काले देश सञ्‍चारसँग भने, ‘ नेपाल चलचित्र कलाकार संघले नगद एक लाख एक हजार दिने घोषणा गरेको छ। संघका पदाधिकारीबाट हामीले उठाएर दिन्छौ। आज मैले यो निर्णय गरिसकेको छु।’

अध्यक्ष खड्काले उक्त सहयोग गरदा अरु संघ संस्थालाई पनि सहयोग गर्न प्रेरणा मिलोस् र कोरोनाबाट कसैको पनि ज्यान गुमाउन नपरोस भनेर सहयोग गर्न लागेको बताए। उनले भने, ‘ मैले प्रधानमन्त्रीको शोकीय सचिवसँग कुरा गरिसकेको छु। हामी चाँडै राहत कोषमा उक्त रकम जम्मा गर्दैछौ।’

यस अघि अभिनेत्री वर्षा शिवाकोटीले १ लाख, गायक बद्रि पंगेनीले ५० हजार सहयोग गरिसकेका छन्।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्