नगरपालिकाको कोरोना कोषमा लमही चेम्बर्स अफ कमर्सको एक लाख

दाङ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लमही नगरपालिकाले स्थापना गरेको राहत कोषमा लमही चेम्बर्स अफ कमर्सले १ लाख १ हजार १ सय १ रुपैयाँ सहयोग गरेको छ।

लमही नगरपालिकाले शुक्रबार ५० लाख रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको थियो।

सोही कोषका लागि चेम्बरले आइतबार उक्त रकम हस्तान्तरण गरेको हो। लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले नगर प्रमुख कुलबहादुर केसी र उपप्रमुख देवका बेल्वासेलाई सो रकम हस्तान्तरण गरेका हुन्।

यस्तै देउखुरी उद्योग वाणिज्य संघले वडा प्रहरी कार्यालय लमहीमा कार्यरत प्रहरीका लागि मास्क र पञ्जा उपलब्ध गराएको छ।

लक डाउन कार्यान्वयनका लागि सडकमा खटिने प्रहरीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै पञ्जा र मास्क उपलब्ध गराइएको संघका कोषाध्यक्ष केशव घिमिरेले जानकारी दिए।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू