वन्दना राणाको अनुभव- कोरोना भाइरसको टेस्ट नेगेटिभ आएपछि…

वन्दना राणा।

न्यूयोर्कबाट कतार एअरवेजको विमानमा दोहा हुँदै १३ दिनअघि नेपाल फर्किएपछि म घरमै सेल्फ क्वारेन्टाइमा बसिरहेको थिएँ। गत दुई दिनदेखि मलाई कडा सुख्खा खोकी र सामान्य रुघा देखिएपछि कोरोना परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आफनो थ्रोट स्वाबका नमूना बुझाएँ जसको रिपोर्ट मैले भर्खरै प्राप्त गरेको छु। परीक्षणको प्रक्रिया मेरो अनुभव निम्नरुपमा एकदमै सकारात्मक रह्यो।

-परीक्षणका लागि आवश्यक व्यक्तिगत विवरणको फारम सिसा लगाइएको झ्यालभित्र रहेका स्वास्थ्यकर्मीहरुले नै भरिदिएका थिए।
-नमूना संकलनका लागि कक्षमा प्रवेश गर्नुअघि मलाई संक्रमण रोक्ने डिसइन्फेक्टेन्ट स्प्रे गरिएको थियो।
-नमूना संकलन गर्ने चिकित्सकले संक्रमणवाट सुरक्षित हुनका लागि विशेष पीपीई लगाएका थिए।
-यो सबै प्रक्रिया १० मिनेटभन्दा पनि कम समयमा पूरा भएको थियो।
-अस्पतालले मेरो नमूना प्राप्त भएको र परीक्षणको क्रममा रहेको जानकारी एसएमएस मार्फत उपलब्ध गराएको थियो।
-परीक्षणको नतिजा अनलाइनमै उपलब्ध रहेको र यसलाइ कसरी हेर्ने भन्ने स्पष्ट निर्देशन सहितको जानकारी पनि एसएमएसमै उपलब्ध गराइएको थियो।
-सम्पूर्ण प्रक्रिया एकदमै सरल, गुणस्तरीय तथा कुशलतापुर्वक गरिएको थियो।

यस प्रक्रियाको सरलता र व्यवसायिक कार्यकुशलतादेखि म एकदमै प्रभावित भएको छु। आफ्नो स्वास्थ्यलाई जोखिममा राखी हाम्रो स्वास्थ्य सुरक्षामा अहोरात्र खटिनुहुने सम्पुर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा प्रशासकहरुप्रति म आभार व्यक्त गर्न चाहन्छु।

(बन्दना राणाले व्यक्त गरेको अनुभव)

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू