सर्वसाधारणलाई राहत पुग्ने यी चार निर्णय

तस्बिर: राजन काफ्ले

काठमाडौँ- मन्त्रिपरिषद्‌ले विपन्न वर्गलाई सामान्य राहतसँगै सर्वसाधारणलाई राहत पुग्ने चार निर्णय पनि गरेको छ, आइतबार साँझ।

सरकारले चैत महिनाको घरभाडा नलिन घरधनीहरुलाई आग्रह गरेको छ।

त्यस्तै, सरकारले निजी स्कुलहरुलाई चैतको शुल्क मिनाहा गर्न पनि आग्रह गरेको छ।

त्यस्तै, विद्युत महसुलमा २५ प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ।

त्यस्तै, इन्टरनेट र डाटा शुल्कमा २५ प्रतिशत छुट दिने निर्णय पनि सरकारले गरेको छ।

सरकारले टेलिफोन महसुलमा जरिवाना नलाउने निर्णय पनि गरेको छ।

सरकारले लकडाउनको अवधि चैत २५ गते मध्यरातसम्म कायम राखेको छ भने सीमा वैशाख ३ गतेसम्म बन्द रहने पनि घोषणा गरेको छ।

चैत्र १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्