प्रिमियर लिगको उपाधि लिभरपुललाई प्रदान गर्दा हुन्छः म्यानचेस्टर सिटी मिडफिल्डर

कोरोना भाइरसको महामारीका कारण रोकिएको फुटबल लिग चाँडै सुचारु हुन नसकी जारी प्रिमियर लिग त्यसै अन्त्य हुने भए उपाधि लिभरपुललाई प्रदान गर्नु उपयुक्त हुने म्यानचेस्टर सिटीका मिडफिल्डर इल्काइ गुण्डोगानले बताएका छन् ।

साबिक विजेता म्यानचेस्टर सिटीका मिडफिल्डर गुण्डोगानले लिभरपुल उपाधिका लागि यो सिजन सबै हिसाबले तयार रहेको बताएका हुन् ।

इंग्ल्याण्डका सबै फुटबल गतिविधि कम्तिमा अप्रिल ३० सम्मका लागि स्थगित भएका छन् । अहिले लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । लिभरपुल पछिल्लो ३० वर्ष यता पहिलोपटक प्रिमियर लिगको उपाधि जित्ने होडमा छ ।

प्रिमियर लिग क्लबहरुको बैठक अप्रिल ३ मा बस्ने छ । सो बैठकमा कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न भएको परिवेश र भावी रणनीतिबारे छलफल हुने जनाइएको छ ।

चैत्र १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू