प्रिमियर लिग फुटबलका लागि जुन अन्तिमसम्मको समय छः ह्यारी केन

इंग्ल्याण्डका कप्तान तथा टोटनह्यामका महत्वपूर्ण खेलाडी ह्यारी केनले इंग्लिस प्रिमियर फुटबलको यो सिजनका लागि जुन अन्तिमसम्मको समय रहेको बताएका छन् ।

जुन अन्तिमसम्ममा लिग टुंगिने गरी खेल सुरु हुने अवस्था नआएमा यत्तिकै अन्त्य गर्नुको विकल्प नरहेको उनले बताएका हुन् ।

इंग्ल्याण्डका अधिकांश फुटबल गतिविधि कम्तिमा अप्रिल ३० सम्मका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिने चिन्ताका कारण खेलहरु रोकिएका हुन् ।

टोटनह्यामका स्ट्राइकर केनले भनेका छन्, ‘मलाई थाहा छ प्रिमियर लिगले सम्भव भएसम्मका सबै उपाय अपनाउने छ लिग टुंग्याउनका लागि । तर त्यो कुरा पनि थाहा पाउनु जरुरी हुन्छ कि अब सम्भावना छैन भन्ने बुझ्नु पर्छ । मेरा लागि त्यो समय जुन अन्तिमसम्म हो ।’

चैत्र १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू