‘जनजीवन सामान्य अवस्थामा फर्किन ६ महिना लाग्न सक्छ’

बेलायतको जनजीवन सामान्य अवस्थामा फर्किनका लागि ६ महिनासम्म लाग्न सक्ने इंग्ल्याण्डकी डेपुटी चिफ मेडिकल अफिसर डा. जेनी ह्यारिसले बताएकी छन् ।

कोरोना भाइरसका सम्बन्धमा सरकारले हरेक दिन गर्ने गरेको ब्रिफिङ्गको क्रममा डा. जेनीले सामान्य अवस्थामा फर्किन ६ महिनासम्म लाग्ने भए पनि त्यसको अर्थ सो अवधिमा देश पूरै लकडाउन नै हुने छ भन्ने नरहेको बताइन् ।

तर कोरोना भाइरसको महामारी फैलिन नदिन र नियन्त्रणमा लिनका लागि सामाजिक दूरी उपयुक्त रुपमा कार्यान्वयन हुनु पर्नेमा उनले जोड दिएकी छन् ।

बेलायतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १२ सय २८ पुगेको छ । बेलायतमा अहिलेसम्म दुईजना डाक्टरको पनि कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।

सरकारले लकडाउनबारे तीन हप्ताको अवधि सकिएपछि पुनर्विचार गर्नु पर्ने तर सर्वसाधारण लगत्तै सामान्य जीवनमा फर्किन भने नहुने उनले बताएकी छन् ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्