ह्यारी र मेगनको सुरक्षा खर्च अमेरिकाले बेहोर्दैनः ट्रम्प

बेलायती राजकुमार ह्यारी र उनी पत्नी मेगनको सुरक्षा खर्च अमेरिकाले नबेहोर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।
राजकुमार ह्यारी र उनकी पत्नी मेगन क्यानडाबाट अमेरिका गएको खबर आइरहेका बेला ट्रम्पले ट्वीट गरेर उनीहरुको सुरक्षा खर्च अमेरिकाले बेहोर्न नसक्ने बताएका हुन् ।
ट्रम्पले ट्वीटमा लेखका छन्, ‘म महारानी तथा बेलायतको राम्रो साथी र प्रशंशक हुँ । तर उनीहरुले सुरक्षा खर्च आफै बेहोर्नु पर्छ ।’
ह्यारी र मेगनले मेरिकामा सुरक्षाका लागि खर्च माग गर्ने कुनै योजना नरहेको बताएका छन्।
कोरोना भाइरसको संक्रमण बिस्तार हुँदै गएका बेला राजकुमार ह्यारी र पत्नी मेगन अमेरिका गएको र उनीहरु मेगनको गृह राज्य क्यालिफोर्नियाको घरमा रहेको दाबी गरिएको छ ।
ह्यारी र मेगन मार्च ३१ देखि औपचारिक रुपमा बेलायतको राजपरिवारका शीर्ष सदस्याबाट पछि हट्दै छन् । त्यसपछि उनीहरुले महारानीको औपचारिक प्रतिनिधित्व गर्ने छैनन् । तर यो सम्झौतामा एक वर्षपछि पुनर्विचार गरिने छ ।
I am a great friend and admirer of the Queen & the United Kingdom. It was reported that Harry and Meghan, who left the Kingdom, would reside permanently in Canada. Now they have left Canada for the U.S. however, the U.S. will not pay for their security protection. They must pay!
— Donald J. Trump (@realDonaldTrump) March 29, 2020