काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले नेपालमा पश्चिमी वायुको प्रभाव आंशिक रुपमा रहे पनि देशका अधिकांश क्षेत्रको मौसम सफा रहेको मौसमविदले बताएका छन् ।

पश्चिम पहाडी भू–भागमा अहिले आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

सोमबार दिउँसो पहाडी भेग तथा पूर्वी क्षेत्रमा आंशिक बदली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा हुने जनाइएको छ ।

यस्तै राति पश्चिम पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा हुने मौसमविदले बताएका छन् ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्