फाेटो फिचर

भक्तपुर दरबार क्षेत्रको सुनसान बिहानी

लकडाउनका कारण सोमबार (चैत १७ गते) बिहान सुनसान प्रायः भक्तपुर दरबार क्षेत्र । तस्बिरहरु : सुलभ श्रेष्ठ/देश सञ्चार

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले अहिले देशभर लकडाउन गरेको छ । सुरुमा एक हप्ताका लागि गरिएको लकडाउन थप ८ दिन लम्बिने भएको छ ।

लकडाउनको प्रभाव सबै क्षेत्रमा परेको छ । मानिसहरु घरमै बसेका छन् । बाटोहरु प्रायः सुनसान छन् । लकडाउनका कारण पहिले बिहानैदेखि भिडभाड हुने क्षेत्रहरु पनि शून्य प्रायः छन् ।

भक्तपुर दरबार क्षेत्रमा सामान्य अवस्थामा बिहानैदेखि चहलपहल हुन्छ । तर लकडाउनसँगै सो क्षेत्र अहिले सुनसान छ । मन्दिरमा बिहानै पूजा गर्नका केही स्थानीय पाका उमेरका आमा–बा पुगेका देखिन्छ ।

सरसफाइमा खटिएकाहरुले पनि सुरक्षात्मक सामग्री लगाएका छन् । यस्तै तन्दुरुस्तीका लागि बिहान हिँड्नेहरुको संख्या निकै कम भएको छ । हिँडेका केहीले पनि मास्कसहितका सुरक्षात्मक सामग्री लगाएका छन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले लकडाउनका बेला भक्तपुर दरबार क्षेत्रमा सोमबार बिहानको अवस्था केही तस्बिरमा समेट्ने प्रयास गरेका छन् ।

चैत्र १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू