सिमकोट – हुम्ला जिल्लाबाट प्रकाशित हुने एक मात्र साप्ताहिक पत्रिका बन्द भएको छ । कोरोना भाइरसको संक्रमणको डरले लकडाउन हुँदा समाचार संकलन देखि वितरण गर्न कठिन हुने देखिएपछि पत्रिका बन्द भएको हो ।

हुम्ला जिल्लाबाट प्रकाशित हुने साप्ताहिक पत्रिका सिमकोट टाईम्स बन्द भएको पत्रिकाका प्रकाशक सम्पादक राजन रावतले बताए ।

लकडाउनका बेला समाचार संकलन गर्न पत्रकारलाई कठिनाई हुने र प्रकाशित पत्रिका पनि वितरणमा कठिनाई हुने देखिएपछि पत्रिका बन्द गरिएको उनले बताए ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्