कोभिड-१९ मुक्त भएर घर फर्के टम ह्याङ्क्स र श्रीमती रीता

अभिनेता टम ह्याङ्क्स र उनकी श्रीमती रीता विल्सन कोरोना भाइरसकाे संक्रमण निकाे भएपछि अमेरिका फर्केका छन्।
यी दुई शुक्रबार लस एन्जलसमा यात्रा गरिरहेको बेलामा क्यामरामा कैद भएका थिए, र लस एन्जलसमा उनीहरुको घर छ।
उनीहरु अस्ट्रेलियामा थिए,, टम एल्भिस प्रेस्लीको जीवनीमा आधारित चलचित्रको काममा व्यस्त थिए। उनीहरुले कोरोनाको लक्षण भएकोथाहा पाउँनासाथ जाँच गराएका थिए।
यो जोडीले सामाजिक सञ्जालबाट आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएका थिए। चलचित्रको काम केही दिन पछाडिको लागि सारिएको छ।
उनीहरुलाई मार्च २ मा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो। उनीहरु अष्ट्रेलियाको अस्पतालमा दुई साता उपचार गराएर घर फर्केका हुन्।
— Tom Hanks (@tomhanks) March 23, 2020
उनले आइतबार ट्वीटरमार्फत आफ्नो स्वास्थ्य अवस्था जानकारी गराएका थिए, उनले लेखेका थिए, ‘पहिलो लक्षणको दुई सातापछि हामी थोरै राम्रो अनुभव गरिरहेका छौँ।’ उनीहरुले बेलाबेलामा फ्यानहरुलाई आफ्नो स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराईराखेका थिए।