मेटलाईफका सबै कार्यलय बन्द, अब विद्य‌ुतीय कारोबार मात्रै हुने

काठमाडौँ– मेटलाइफका सबै कार्यालयहरु बन्द हुने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) महामारीविरूद्ध लड्न सरकारको कदमलाई समर्थन गर्दै अर्को सूचना जारी नभएसम्म सबै कार्यालयहरू भौतिक रूपमा बन्द रहने तर विधुतिय माध्यमबाट सबै ग्राहकहरूलाई निरन्तर सेवा दिने कम्पनी जानकारी दिएको छ।

कम्पनीले लकडाउनको अवधिका कारण बीमा शुल्कको भुक्तानी हुन नसकेका सबै सक्रिय बीमा लेखहरुलाई निरन्तरता दिने जनाएको छ।

यस्तै लकडाउनको अवधिका कारण भुक्तानी हुन नसकेका बीमा शुल्क सार्वजनिक सेवाहरु पुनः सुचारु भएको १५ दिनभित्र भुक्तानी गरेमा कुनै पनि विलम्व शुल्क नलिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीको वेबसाइटबाट अनलाइन बीमा शुल्क भुक्तानी सेवा सुचारु राख्ने अत्यावश्यक सेवा सम्बन्धी सम्पूर्ण कार्यहरु कर्मचारीले घरबाटै संचालन गर्ने, फोन, फेसबुक र इ–मेलमार्फत ग्राहकहरू, कर्मचारीहरु तथा अभिकर्ता लगायतका व्यवसायिक साझेदारहरुलाई आवश्यक जानकारी सेवा प्रदान गर्ने लगायतका दुर्घटना र स्वास्थ्य बीमा लगायतका व्यक्तिगत तथा सामुहिक जीवन बीमा लेखहरु र बीमा लेखका सर्तहरूको अधिनमा रही सदा झै बीमा रक्षावरण प्रदान गरिने कम्पनीले जनाएको छ।

बीमा सम्बन्धी ग्राहकलाई कुनै पनि जानकारी चाहिएमा बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म ९८५१२१४६६३ मा प्रजनी शाही, ९८५१२१६४०७ मा सलीना शाक्य र बीमा दाबीका लागि ९८५११८०१८४ नम्बरमा मनोज नेपाललाई सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्