गैरआवासीय नेपाली संघको राहत कोषमा १ करोड ८८ लाख रुपैयाँ जम्मा

काठमाडौँ– गैरआवासीय नेपाली संघको आपतकालिन राहत कोषमा हालसम्म एक करोड ८८ लाख सात हजार ६ सय रुपैयाँ जम्मा भएको छ।

कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले भोगिरहेको समस्या समाधान गर्न उक्त रकम जम्मा गरिएको हो।

स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्ने उद्देश्यले विभिन्न देशमा रहेका नेपालीहरुले सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघको आपतकालिन राहत कोष बनाइएको संघले जनाएको छ।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्