कोरोनाको त्रासमाथि आस्था भारी, डुब्दै गरेको सूर्यलाई दिइयो अर्घ

जनकपुरधाम-कोरोना भाइरस (कोभिड-१९)माथि आस्था भारी पडेको छ। आज तराई मधेशमा कोरोनाको त्रासका बिच चैते छठ पर्व मनाइएको छ।

आस्था एवं निष्ठापूर्वक मनाइने चार दिने छठ पर्व अन्तर्गत आज तेस्रो दिन डुब्दै गरेको सूर्यलाई अर्घ दिइएको छ।

हुन त छठ पर्व ताल तलैया, पोखरी, नदी तथा पानी भएको ठाउँमा मनाइन्छ तर यस पटक भने विश्वनै कोरोनाको महामारीको समस्यामा रहेकोले यस पटक ब्रतालुहरु आ–आफ्नो घरमै मनाएका छन्।घरमै कल नजिक पानी जम्मा गरेर छठ पर्व मनाइएको छ।

जनकपुरधाममा मनाईने छठ पर्व नेपालमै प्रसिद्ध रहेकोले यहाँ अन्य ठाउँबाट समेत हेर्न पर्यटकहरु आउने गरेका थिए तर यस पटक नेपाल सरकारले कोरोनालाई मध्यनजर गर्दै नेपाल लकडाउन गरेको कारण तथा स्थानिय प्रशासनले पोखरीमा जम्मा भएन छठ नमनाउन आग्रह गरेको कारण यस पटक घरमै आस्थापूर्वक छठ पर्व मनाएका छन्।आज अस्ताउँदै सूर्यलाई अर्घ दिइएको हो भने भोलि उदाउँदै गरेको सूर्यलाई अर्घ दिई चैते छठको समापन गरिन्छ।

ग्रामीण भागमा कोरोनाको शून्य प्रभाव


आज तराई मधेशको शहरी क्षेत्रमा चैते छठ घरमै मनाइएतापनि ग्रामीण क्षेत्रमा भने पोखरीहरुमै मनाइएको छ।

छठ पर्वमा भिडभाड हुने भएतापनि त्यसलाई ख्याल नगरी पोखरीमा सयौँको संख्यामाजम्मा भएर छठ पर्व मनाइएको छ। पहिलाको तुल्नामा मानिसको चहलपहल कम देखिएतापनि छठ मनाउनेको संख्यामा कमी भने आएको छैन्।

विशिष्ठ महत्व बोकेको छठ पर्वमा ब्रतालुहरुले छठपरमेश्वरी कोरोनाको समस्याबाट मुक्ती दिलाउने विश्वास लिएका छन्।

चैत १७, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्