उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सम्पन्न

जनकपुरधाम – उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यस वर्षको चैते छठ सम्पन्न भएको हो । मिथिलाञ्चको महत्वपूर्ण पर्व मानिएको चैते छठ पर्वमा ब्रतालुहरुले उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैते छठ सम्पन्न भएको हो ।

लकडाउनको कारणले यस वर्ष सर्वसाधारणहरले घरमै छठ मनाएका हुन् । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा छठ नमनाउन आग्रह गरेको थियो ।

सत्य अहिंशाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।

तर यसपटक कोरोना भाइरस कोभिड(१९) को त्रासका कारण नेपाल लकडाउन रहेकोले होम क्वारेन्टाइनमै छठ पर्व मनाइएको छ।

चैत १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्