फाेटो फिचर

लकडाउनमा पनि रोकिएको छैन पूजाआजा (तस्बिरहरु)

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन गरिएको आठौँ दिन मंगलबार (चैत १८ गते) बिहान मैतीदेवी मन्दिरमा पूजाका लागि पुगेकी श्रद्धालु । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

लकडाउनका कारण देशभर अधिकांश गतिविधि ठप्प प्राय छन् । शहर सुनसान छन् । मानिसहरु प्राय घरमै बसेका छन् । अत्यावश्यक बाहेकका सेवाहरु पनि बन्द भएका छन् । लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले पक्राउ गरिरहेको छ ।

विश्वव्यापी महमारीको रुप लिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउन गरेको हो । लकडाउनको प्रभाव अधिकांश क्षेत्रमा परे पनि पूजाआज गर्नेहरु भने मन्दिर क्षेत्रमा बिहानै देखिन्छन् ।

विशेष गरी पाको उमेरका महिलाहरु बिहान पूजा सामग्रीसहित मन्दिर पुगेका भेन्छिन् । लकडाउनको दोस्रो हप्ता अर्थात आठौँ दिन मंगबारको बिहानै काठमाडौँ मैतीदेवी मन्दिर क्षेत्रमा पूजा गर्नेहरु पुगेका थिए ।

सामान्य अवस्थामा भन्दा मन्दिर पूजाका लागि पुग्नेहरु भने निकै कम थिए । मन्दिरको मुल ढोका बन्द छ । तर उनीहरु बाहिरी क्षेत्रमा रहेका विभिन्न देवदेवीका मूर्तिहरुमा पूजा गरेर दैनिकी सुरु गरेका देखिन्छन् ।

पूजाका लागि मन्दिर पुग्नेहरु अधिकांश मास्क लगाएर आफूलाई संक्रमणबाट जोगाउने प्रयासमा भने छन् ।

देश सञ्चारकी फोटो पत्रकार बर्षा शाहले मंगलबार बिहानै लकडाउनका बाबजुद भगवानको आराधनाका लागि मन्दिर पुगेका श्रद्धालुहरुका केही तस्बिर खिचेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन गरिएको आठौँ दिन मंगलबार (चैत १८ गते) बिहान मैतीदेवी मन्दिरमा मास्क लगाएर पूजाका लागि पुगेकी श्रद्धालु । तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

चैत्र १८, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू