सुनौलीमा अलपत्र परेका नेपालीलाई भारतीय क्वारेन्टाइनमा राखियो

छोटी नाकाबाट भित्रिएका नेपाली।

काठमाडौँ – भारतका विभिन्न ठाउँबाट आएर सुनौली नाकामा तीन दिन थुनिएका नेपालीलाई मंगलबारदेखि भारतीय सुरक्षाकर्मीले क्वारेन्टाइनमा राख्न सुरु गरेका छन्।

नेपाल भारत दुवैतर्फका सीमा रोकिएकालाई आफ्नै नागरिक सरह व्यवाहार गर्ने सहमतिपछि सीमा अड्किएकालाई क्वारेन्टाइनमा राखिएको हो।

मंगलबार परराष्ट मन्त्रालयले भारतीय पक्षसँग कुरा गरेको थियो। सुनौली नाकाम अड्किएका सयौं नेपालीलाई भारतीय सुरक्षाकर्मीले सीमा नजिकै क्वारेन्टाइन राखिएको जानकारी आफूले पाएको अर्घाखाची मालारानी गाउँपालिका वडा ३ का अध्यक्ष शोेभाखर खनालले जानकारी दिए।

खनालका अनुसार उनको वडाका ४७ जनासहित अर्घाखाचीका १३३ जना र अरु जिल्लाका समेत गरी तीन सय हाराहारी नेपालीलाई क्वारेन्टाइनमा सुरक्षित रुपमा राखिएको जानकारी दिए।

उनले देश सञ्चारसँग भने, म उहाँहरुसँग निरन्तर सम्पर्कमा छु। आज बिहान पनि कुराकानी गरेको थिएँ। खाना बस्न राम्रैसँग दिएको छ भने।’

नेपालतर्फ रहेका भारतीय नागरिकलाई समेत स्थानीय तहले सुरक्षित रुपमा क्वारेन्टाइनमा रोखका छन्। दुई देशको सरकारबीच जो जहाँ छ उनीहरुलाई लक डाउन अवधिभर त्यहीँ राख्ने सहमति भएको छ।

चैत १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्