कोभिड १९ ले लग्यो प्रख्यात अमेरिकी न्यूरोसर्जन गुडरिचलाई

प्रख्यात अमेरिकी न्यूरोसर्जन प्रा. डा. जेम्स टी. गुडरिचको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ।

७३ वर्षका प्रख्यात सर्जन गुडरिचको सोमबार कोरोना भाइरसको संक्रमणपछि उत्पन्न स्वास्थ्य समस्याका कारण निधन भएको उनी कार्यरत अस्पतालले जनाएको सिएनएनले उल्लेख गरेको छ।

न्यूयोर्कस्थित अल्बर्ट आइन्स्टाइन कलेज अफ मेडिसिनमा कार्यरत थिए। डा. गुडरिचले टाउको जोडिएर जन्मिएका जुम्ल्याहाको टाउको छुट्याउनका लागि विशेष प्रविधिको विकास गरेका थिए।

उनी आफैँले विभिन्न तहको शल्यक्रियापछि जुम्ल्याहाको टाउको सफलता पूर्वक छुट्याउन सफल भएका थिए।

सन् २००४ मा उनले १६ जना शल्यचिकित्सकको टिमसहित १७ घण्टाको शल्यक्रियाबाट टाउको जोडिएका फिलिपिन्सका कार्ल र क्लारेन्स अग्युरीको टाउको सफतापूर्वक छुट्याएका थिए ।

यस्तै सन् २०१६ मा ज्याडन र एनिएस म्याकडनल्डको जोडिएको टाउको छुट्याउने शल्यक्रियामा पनि डा. गुडरिचको भूमिका महत्वपूर्ण रहेको थियो । सो शल्यक्रियाका लागि २७ घण्टा लागेको थियो । उनले विश्वभर त्यसप्रकारका सयौँ केसमा सल्लाह प्रदान गरेका थिए ।

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू