र्‍यापिड टेस्ट किटबारे पछि हट्यो स्वास्थ्य मन्त्रालय

फाइल तस्बिर

काठमाडौँ– स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस परीक्षणका लागि खरिद गरेको र्‍यापिड टेस्ट किट तत्काल प्रयोग नगर्न सुझाएको छ।

मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै बजारमा अबैध ढंगले र्‍यापिड किट भित्र्याई जनमानसलाई भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्‍यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको जनाएको हो।

सरकारले ल्याएको र्‍यापिड टेस्ट किटको गुणस्तर निर्क्यौल गरेपछि मात्र प्रयोग हुने बताएको छ।

सरकारले खरिद गरी ल्याएको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषदलाई अनुरोध गरिसकेको र परिषदले प्रयोग गर्न योग्य भनी सिफारिस गरिसकेपछि र सम्बन्धित निकायबाट प्रमाणित भईसकेपछि मात्र प्रयोगको लागि वितरण हुने जानकारी सरकारले दिएको छ। उक्त किट चीन सरकारले प्रमाणित गरेको किट भएको सरकारले दाबी गरेको छ।

मन्त्रालयले शनिबार चीनबाट विश्व स्वास्थ्य संगठनले स्वकिृति नदिएको ७५ हजार थान र्‍यापिड टेस्ट किट खरिद गरी ल्याएको थियो जसको मूल्य ७ करोड रुपैयाँभन्दा माथि छ।

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू