छोरीलाई कोरोना संक्रमणको हल्ला चलेपछि अजय देवगनले भने– हल्ला निराधार

एजेन्सी– बलिउड अभिनेता अजय देवगनले आफ्नी छोरीलाई कोरोना भाइरसको संक्रमण भएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

हालै सिंगापुरबाट फर्किएकी अजय देवगनकी छोरी न्यासालाई कोराना भाइरस संक्रमणको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हल्ला चलेको थियो।

तर अजयले ट्वीट गरेर हल्ला निराधार रहेको भन्दै काजोल र न्यासा दुवैको स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पारेका हुन्।

अजय–काजोलकी छोरी न्यासा सिंगापुरमा अध्ययनरत छिन्। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्कुल बन्द हुँदा छोरीलाई लिन काजोल सिंगापुर गएकी थिइन्।

सिंगापुरबाट फर्केपछि काजोल र न्यासा दुवै सेल्फ क्वारेन्टाइमा रहेको बताइएको छ।

चैत्र १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्