निजी स्कुलले गरे विपन्न परिवारका लागि खाद्यान्न सहयोग

दाङ– निजी विद्यालयहरुले गरिब तथा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।

लमही क्षेत्रमा रहेका ९ वटा निजी विद्यालयहरुले एक सय २८ बाेरा (३२ क्वीन्टल) चामल नगर स्तरीय राहात वितरण समितिलाई हस्तान्तरण गरेका हुन्।

नगर प्रमुख कुलबहादुर केसीलाई सनलाईट मोर्डन सेकेन्डरी स्कुल, रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय, ज्योतीषमती विद्यापीठ, गोरखा मोर्डन सेकेन्डरी स्कुल, जइन्द्र मोर्डल स्कुल, प्रिन्स इंग्लिस मोडेल स्कुल, राप्ती ग्यालेक्सी स्कुल, लर्डबुद्ध सेकेन्डरी स्कुल, वेविज क्यास्टल लमहीले खाद्यान्न सहयोग गरेका हुन्।

एकद्वार प्रणालीबाट राहात वितरण गर्ने उद्देश्यले नगर स्तरीय समितिलाई खाद्यान्न हस्तान्तरण गरिएको हो।

यस्तै साधना बाेर्डिङ्ग स्कुलकी सहायक प्रधानाध्यापक दिक्षा सिंह ठकुरीले लमही–६ का दश जनालाई बुधबार राहत दिएको वडा अध्यक्ष गणेशमान चौधरीले जानकारी दिए।

देउखुरी उद्योग वाणिज्य संघका महासचिव कमलजंग सिंह ठकुरीको पहलमा २३ जना युवाले ९२ बोरा चामल संकलन गरेर हस्तान्तरण गरेका छन्।

चैत १९, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्