च्याम्पियन्स लिग फुटबल तत्कालका लागि स्थगित

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले अर्को सूचना जारी नभएसम्मका लाग च्याम्पियन्स लिग तथा युरोपा लिग फुटबलका सबै खेल स्थगित गरेका छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणका कारण युइएफएले खेलहरु तत्कालका लागि रोकेको हो ।

यस्तै जुनमा हुने भनिएका सबै अन्तर्राष्ट्रिय खेलाहर पनि रोकिएका छन् । जसमा युरोकप २०२० का प्लेअफ खेलहरु पनि छन् ।

युरोकप फुटबल २०२१ का लागि सारिएको छ यसअघि नै । युरोपियन प्रशासकीय निकायका ५५ सदस्य एसोसिएसनका प्रतिनिधिको बैठक बुधबार बसेको हो ।

इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु कम्तिमा अप्रिल ३० सम्मका लागि रोकिएका छन्।

चैत्र २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्