ब्रिटिस एयरवेजले ३६ हजार कर्मचारी निलम्बित गर्ने

ब्रिटिस एयरवेजले झण्डै ३६ हजार कर्मचारीलाई निलम्बित गर्ने तयारी गरेको छ।

कोरोना भाइरसको महामारीका कारण ब्रिटिस एयरवेजका अधिकांश जहाज ग्राउण्डेड भएका छन्।

महामारीका कारण कम्पनीमा परेको आर्थिक भारलाई समाधान गर्नका लागि कर्मचारीलाई तत्कालका लागि निलम्बित गर्ने योजनाबारे कर्मचारी संगठनसँग ब्रिटिस एयरवेजले एक हप्ता भन्दा लामो समयदेखि छलफल गर्दै आएको छ ।

दुई पक्षबिच समग्र सम्झौतामा सहमति भएको तर अझै पनि केही बुँदामा छलफल जारी रहेको छ । चालकदलका सदस्य, ग्राउण्ड स्टाफ, इन्जिनियर तथा केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी मध्ये ८० प्रतिशत निलम्बनमा पर्ने भएका हुन् ।

यसरी निलम्बनमा पर्नेहरुले बेलायत सरकारले कोरोना भाइरसका कारण निलम्बनमा पर्ने कर्मचारीका लागि घोषणा गरेको राहत कोषबाट केही रकम पाउने छन् ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्