भारतबाट फर्किदै गरेका पर्सा र बाराबाट २२ जना प्रहरी नियन्त्रणमा

पर्सा- भारतबाट फर्किदै गरेका २२ जनालाई प्रहरीले पर्सा र बाराबाट नियन्त्रणमा लिएको छ।

प्रहरीले भारतको दिल्लीमा भएको मुस्लिम समुदायको जमातीबाट फर्केको आशंकामा पर्साबाट एघार जना र बाराबाट एघारजना गरी २२ जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीले बाराको बिश्रामपुर गाउपालिकामा रहेको छोटी नाकाबाट फर्किदै गरेको अवस्थामा बिहीबार 11 जनालाई पक्राउ गरेको छ।नेपाल र भारत दुवै देशमा लकडाउनको घोषणा गरिएको बेला भारतबाट फर्केका उनीहरुलाई बिश्रामपुर गाउपालिका वडा नम्बर २ स्थित कान्तिपुर नाकाबाट नेपालमा प्रवेश गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका सबैजनालाई सोधपुछ गर्दा आफूहरु भारतमा जमातीमा भाग लिएर फर्किरहेको भनेर जवाफ दिएको मिश्रले बताए । नियन्त्रणमा रहेका सबैजना सप्तरी जिल्लाको स्थानीय बासी रहेको मिश्रको भनाइ छ।

‘सबैजना सप्तरी जिल्लाका स्थानीयबासी हुन’,मिश्रले भने ,लकडाउनको बेला भारतबाट फर्किरहेको बेला प्रहरीले पक्राउ गरेको हो।’उनीहरु एक महिना पहिले नै धार्मिक कार्यक्रममा भाग लिन भनी भारत गएका थिए।

पक्राउ परेका सबैजना मुस्लिम समुदायका व्‍यक्तिहरु हुन । कारोना भाईरसको सँक्रमण रोक्न्को लागि देशभरि घोषणा गरिएको लकडाउनको उल्लंघन गर्दै भारतबाट नेपाल छिर्न लागेका उनीहरुलाई बिरगञ्ज महानगरपालिका वडा नम्बर १३ स्थित सिद्धार्थ माध्यमिक बिधालयमा बनाइएको क्वारेन्टाईनमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यस्तै पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट पनि प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट फर्केको आशँकामा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले जानकारी दिए।

पटेर्वा सुगौली गाउपालिकाको वडा नम्बर ५ कञ्चनपुर बाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा रहेका सबैजना रौतहट जिल्लाका स्थानीयबासी भएको शाहीले बताए। नियन्त्रणमा रहेका उनीहरुलाई पनि सिद्धार्थ माबिमा बनाइएको क्वारेन्टाईनमा राखिएको प्रहरीले जनाएको छ।

प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाईनमा राखिएका उनीहरु सबैजना मुस्लिम समुदायका भएको र आफुहरु भारत नगएको बताउदै आएका छन्।उनीहरु भारतबाट आए/नआएकोबारे ट्राभल हिस्ट्रीले अनुसन्धान गर्ने कार्य भइरहेको शाहीले बताए।

विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभडि १९)को संक्रमण रोक्न नेपाल र भारतमा लकडाउनको घोषणा गरिएको छ।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्