मेडिकल सामग्री खरीदको जिम्मा सेनालाई दिने तयारी

काठमाडौँ– भ्रष्टाचार र अनियमितताको आरोप लागेपछि सरकारको कोभिड–१९ उपचारका क्रममा अत्यावश्यक सामग्री खरीद प्रक्रिया बीचमै रद्द भएपछि ती सामग्री खरीदको जिम्मेवारी नेपाली सेनाले पाउने भएको छ।

स्वस्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार अब उपचारका लागि अत्यावश्यक सामग्री खरीदको जिम्मेवारी सेनालाई दिने निर्णय भएको छ।

त्यसका लागि अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, स्वास्थ मन्त्रालयका चिकित्सक लगायत उच्च अधिकारीको बैठक सेनाको मुख्यालयमा बसिरहेको छ।

बुधबार नै यो निर्णय भएको थियो। तर त्यसबारे विस्तृत छलफल अहिले भइरहेको छ।

अब ‘जी टु जी’बाट सामग्री खरीद गरिने छ।

स्वास्थका कर्मचारीले औषधि र खोप खरीद गर्दा भ्रष्टाचार गरेको यसअघिको नजिर भएको र अहिले पनि संकटका बेला सामग्री खरीदका बेला भ्रष्टाचार गरेकाले उनीहरुलाई अब सामग्री खरीद गर्नबाट वञ्चित गराइएको स्रोतको भनाइ छ।

तर नेपाली सेनाले सामग्री खरिद गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्न भने नमिल्ने स्रोतले बतायो।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्