धनगढी– सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरस (कोभिड १९) को स्वाब नमुना परीक्षण शुरु भएको छ।

संक्रमणको आशंका गरिएका एक जनाको नमुना बिहीबार परीक्षण गरिने भएको हाे।

हालै संघीय सरकारले ‘रियल टाइम पीसीआर’ उपकरण पठाएपछि सोही उपकरणबाट नमुनाको परीक्षण गर्न थालिएको हो।

संघीय मन्त्रालयबाट खटिएका मोलिकुलर माइक्रो बायोलोजिस्ट सुनिलप्रसाद लेखक र सेती अस्पतालका प्रयोगशाला इन्चार्ज रमेश शाहीसहितको चार जनाको टोलीले सो परीक्षण गर्न थालेको हो।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्