अमेरिकी राष्ट्रपति निर्वाचनमा ड्रेमोक्रेटिक पार्टीको उमेद्धवार चयन एक महिना सर्‍यो

अमेरिकाको आगामी राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीको उमेद्वार चयन एक महिना सरेको छ। कोरोना भाइरसको महामारीका कारण डेमोक्रेटिक नेसनल कमिटीले पार्टीको तर्फबाट उमेद्धवार चयन गर्न निर्धारित जुलाई १३ को समयलाई स्थगित गरेको हो।

अब डेमोक्रेटिकको राष्ट्रिय अधिवेशन अगस्ट १७ मा हुनेछ।

उक्त पार्टीले अगस्ट १७ तारिखमा हुने राष्ट्रिय अधिवेशनमा उम्मेदवारको टुंगो लगाउनेछ। त्यसको एक सातापछि रिपब्लिक पार्टीले पनि उमेद्धवार निर्क्योल गर्ने पूर्व तालिका छ। डेमोक्रेटिक पार्टीका तर्फबाट उमेद्धवारका प्रवल दावेदार जोए बाइडेनले समय सार्न कमिटीलाई आग्रह गरेका थिए।

बाइडेनसँग पार्टीभित्र बर्नी सेन्डर्स भिडिरहेका छन्।

चैत २०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्