राहतका लागि कुटाकुट गर्ने पाँचजनाविरुद्ध सार्वजनिक मुद्दा

कुटाकुटमा घाइतेहरुकाे नारायणी अस्पतालमा उपचार हुँदै।

वीरगञ्ज – लकडाउनमा समस्यामा परेका विपन्न गरिबहरुलाई राहत वितरणको लागि नाम संकलन गर्ने विषयमा विवाद हुँदा कुटाकुटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा चलाएको छ ।

राहत वितरणको लागि नाम संकलन गर्ने क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ बरवा टोलमा भएको कुटाकुटमा संलग्न सात जनालाई पक्राउ गरिएकोमा पाँच जनाविरुद्ध मुद्दा चलाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

अन्य दुई जनालाई भने अनुसन्धान पश्चात छाडिएको उनले बताए।

कुटाकुटमा सलग्न रहेको आरोपमा सोही ठाउँका जगन प्रसाद यादव, विकाश कुमार यादव, सञ्जय प्रसाद यादव, राजु यादव र सुरेन्द्रप्रसाद यादवलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइएको सिंहले बताए।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्