नागरिकले पर्याप्त स्वास्थ्य सेवा नपाएको भन्दै दायर रिटमा सर्वोच्चले सरकारलाई भन्यो- कामको विवरण ल्याउ

सर्वोच्च अदालत

काठमाडौँ – नागरिकले कोरोना भाइरसको महामारीमा पर्याप्त स्वास्थ्य सेवा नपाएको भन्दै अधिवक्ता मुकुन्द अधिकारीले दायर गरेको रिटमा   सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयका प्रवक्ता र स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई कामको विस्तृत विवरणसहित  तीन दिनभित्र  अदालत उपस्थित हुन आदेश जारी गरेको छ।

न्यायाधिश हरि फुयाँलको एकल इजलासले विरामीको  उपचार, रिफर, स्वाब परीक्षणलगायत कामको विस्तृत विवरण माग गरेको हो। उनिहरुलाई आइतबार अदालत उपस्थित हुन आदेश दिइएको छ।

यसैगरि  नीजि र सरकारी अस्पतालहरुले नमुना परीक्षण, उपचार र अन्य सुविधा दिएको वा नदिएको र नदिएको भए उनीहरुमाथि के कारबाही भइरहेको छ त्यसको जानकारी अदालतलाई गराउनेसहित १५ दिनभित्र सरकारका कामहरुको लिखित जवाफ पेश गर्न पनि भनिएको छ।

 

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्