राष्ट्रपति भण्डारीले कोरोना भाइरस संक्रमणबारे सम्बोधन गर्दै

फाइल तस्बिर ।

काठमाडौँ- कोरोना भाइरस संक्रमणबारे राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्ने भएकी छन्।

उनले शुक्रबार साँझ सम्बोधन गर्ने गरी तयारी गरिएको शीतलनिवासले जानकारी दिएको छ।

उनले साढे सात बजे सम्बोधन गर्ने भनिए पनि अब केहीबेरमै सुरु हुने शीतल निवासले जानकारी दिएको छ।

चैत २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्