कविता

डाक्टर आएका छन् देवताको भेषमा

पहिला थिएन यो कोरोना
बग्यो मान्छेको आँसुको झरना
कहाँबाट आयो यस्तो रोग
हामी भएका छौं निद्रा न भोक

यसका लक्षण ज्वरो आउनु र खोकी लाग्नु
यस्ता लक्षण देखे छिटो अस्पताल जानू
यो रोग फैलिएको छ देश विदेशमा
देवता आएका छन् डाक्टरको भेषमा

धुनुपर्छ हात दिनदिनै
स्यानिटाइजर लगाऔं छिनछिनमै
लगाऔं सबैले मास्क मुखमा
कोरोनाको कुरा लेखें मैले यस कवितामा।

-क्षितिज महत,
कक्षा ६, एलआरआई स्कुल, काठमाडौँ

 

चैत २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्