१८ वर्षीया सृष्टि महर्जन नेपाल डान्स एकेडेमीमा नृत्य सिकाउँछिन्।

लकडाउनले देशका सबै संरचनाहरु बन्द भएसँगै उनी काम गर्ने एकेडेमी बन्द छ।

नृत्य प्रशिक्षकहरुले नृत्यको नियमित अभ्यास गर्नु आवश्यक हुन्छ।

यस्तो अवस्थामा उनी हरेक दिन घरकै छतमा नृत्य अभ्यास गर्छिन्।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले शनिबार सृष्टिले नृत्य अभ्यास गर्दै गरेका केही तस्बिर खिचेका छन्-