कार्यकर्तालाई मात्रै मास्क वितरण गरेको स्ट्याटस लेख्दा कमेन्टमा गाली, प्रहरीमा उजुरी

दाङ–गढवा गाउँपालिका वडा– ४ निवासी ओमनारायण यादवले फेसबुक कमेन्टमा गाली गरेको भन्दै निजाम खानविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

साथै उनले फोन गरेर समेत धम्क्याएको आरोप सहितको निवेदन ईलाका प्रहरी कार्यालय गढवामा पेश गरेका हुन् ।

गढवा गाउँपालिका वडा– ४ ले कार्यकर्तालाई मात्रै मास्क वितरण गरेको भन्दै यादवले फेसबुकमा स्टाट्यास लेखेका थिए ।

त्यही स्ट्याटसमा खानले कमेन्ट गर्दै गाली गरेका छन् । प्रहरीले दुवै पक्षलाई झिकाएर छलफल चलाउने ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख भरतसिंह राठोरले बताए ।

वडा अध्यक्ष गुलाम मोहम्मदका छोरा निजाम खानले फेसबुक कमेन्ट र फोनमा धम्की दिएको आरोप लागेको हो ।

वडा अध्यक्ष गुलाम मोहम्मदले भने यसबारे प्रहरीले भनेपछि मात्रै आफूले थाहा पाएको बताए ।

मोहम्मदले भने–‘छोरालाई सम्झाएको छु।’

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्