एनआईसी एशिया बैंकले अनलाईन खाता खोली मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने

काठमाडौँ–एन आई सी एशिया बैंक लिमिटेडले बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा पाँच सयसम्म रकम फिर्ता दिने भएको छ ।

मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकहरुले पाँच सयसम्म रकम फिर्ता दिने भएको हो।

बैंकले बैंकको आधिकारिक वेबसाइटमा गई ग्राहकवर्गहरुले १० मिनेटमा निशुल्क खाता खोल्न सक्ने बैंकले जानकारी दिएको हो।
खाता खोलिसकेपछि उक्त खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्ने बैंकले जनाएको छ।

यस्तै बैंकका अनुसार उनलाइन खाताम बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको छ भने जसले गर्दा ग्राहकहरुले वार्षिक १४ हजारको फाइदा लिन सक्नेछन्।

देशभरका २५०० भन्दा धेरै पसल, रेष्टुरेन्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा उपलब्ध गराउने बैंकले जनाएको छ ।

मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक चार हजारसम्मको रकम ग्राहकले फिर्ता पाउन सक्नेछन्।

यस्तै बैंकले ग्राहकहरुलाई सेवा तथा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, वेवसाइट च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न समेत आग्रह गरेको छ।

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्