प्रदेश-१मा कोरोना शंकास्पद ७३ जनाको थ्रोट स्वाव नमूना परीक्षण

काठमाडौं- प्रदेश एकमा हालसम्म कोरोना भाइरस कोभिड १९ को शंकास्पद ७३ जना थ्रोट स्वाबको नमुना परीक्षण गरिएो छ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय प्रदेश एक कोविड डेस्कका अनुसार प्रदेश एकमा ५४ जना पुरुष र १९ जना महिलाको स्वाब नमुना परिक्षण गरिएको हो।

डेस्कका अनुसार हालसम्म ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ। जसमा ४० जना पुरुष र १७ जना महिला रहेका छन्।

आइतबार प्रदेश एकमा एक पुरुषको मात्र स्वाब नमुना परिक्षणका लागि संकलन गरिएको डेस्कले जनाएको छ। त्यसैगरि, हालसम्म प्रदेश एकमा रहेको विभिन्न क्वारेन्टाइनमा ५ सय ९९ जना रहेका छन्।जसमा ७ जना महिला क्वारेन्टाइनबाट घर फर्किएकाछन्।

त्यसैगरी तीनजना महिला र १० पुरुष गरि कुल १० जना शंकास्पद आइसोलेसनबा रहेकाछन्।आइसोलेसनबाट ५ महिला र ३ पुरुष गरि ८ जना डिस्चार्ज भएको डेस्कले जनाएको छ।

प्रदेश एकको २ सय ४४ स्थानको क्वारेन्टाइनमा ३ हजार ९ सय ५४ वटा शैयाको ब्यवस्था गरिएको छ। त्यसैगरि आइसोलेसनका लागि हालसम्म ४९ स्थानमा ४ सय ३८ वटा शैया रहेको डेस्कले जनाएको छ।

प्रदेश एकको विभिन्न ४ स्थानमा आइसियुको ब्यवस्थापन गरेको सरकारले ४४ वटा शैय्या तयारी अवस्थामा राखेको छ।

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्