लकडाउन उल्लंघन गर्नेहरुप्रति अमिताभ बच्चन आक्रोशित

एजेन्सी– बलिउड अभिनेता अमिताभ बच्चनले कोरोना भाइरसबाट जोगिन सरकारले लागु गरेको लकडाउनको उल्लंघन गर्ने मानिसहरुप्रति आक्रोश व्यक्ति गरेका छन्।

उनको आक्रोश आइतबार सामाजिक सञ्जालहरुमा देखिएको छ।

‘म तपाईसँगै कुरा गरिरहेको छु! मेरो कुरा सुन! यस कोरोना रोकलाई बुझ! घरमै बस! बाहिर ननिस्क! म हात जोड्छु! यो भाइरस आफ्नाे घर खोजिरहेको छ, त्यो घर उसलाई मानिसहरु भित्र मिल्छ! आफ्नो घरको ढोका बन्द गर! घुस्न नपाओस्’, उनले आइतबार ट्वीटरमा लेखेका छन्।

उक्त ट्वीटसँगै उनले आफ्नो ब्ल्याक एण्ड ह्वाइट तस्बिरसमेत पोस्ट गरेका छन्। जसमा उनले चोर औलो देखाएका छन्।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा तीब्र गतिमा फैलिएको छ।

हालसम्म भारतमा कोरोनाको संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ भने ३५ सय ८८ जनामा संक्रमण पुष्टी भएको छ।

 

चैत २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्