कोरोनाको आशंका: गाउँलेहरुको चरम विभेद सहन नसकेपछि भारतमा एक युवाले गरे आत्महत्या

कोरोना भाइरस संक्रम०ाकाे  आशंकामा गाउँलेहरुको चरम विभेद सहन नसकेपछि भारतको हिमाचल प्रदेशका एक युवाले आत्महत्या गरेका छन् ।

परीक्षणमा ती युवामा कोरोना भाइरस नेटेटिभ थियो तर उनीमा कोरोना संक्रमण रहेको भन्दै गाउँलेहरुले चरम विभेद गरेपछि आत्महत्या गरेको स्थानीय प्रहरीले जनाएको छ ।

३७ वर्षका मुहम्मद दिलशादले आफ्नै घरमा आत्महत्या गरेका हुन् । उनी केही दिन यता गाउँलेहरुको सामाजिक भेदभावको शिकार भएका थिए ।

हिमाचल प्रदेशका डिजिपी एस आर मर्दीले यसबारे पुष्टि गर्दै भने ‘दिलशादको कोरोना टेस्ट नेगेटिभ थियो तर उनी गाउँलेहरु सामाजिक भेदभावका शिकार भए ।’

दिलशादका भाइ गुलशन मुहम्मदले भने, ‘दिलशादकोे गल्ती यति मात्रै थियो कि उनी हालै तबलीगी जमातबाट फर्केका एक युवाको सम्पर्कमा आएका थिउ तर गाउँलेहरुले उनीमाथि मानवीय व्यवहार गरेनन् ।’

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्