भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०० नाघ्यो, बिहारमा ३२ जना संक्रमित

भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । स्वाथ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म नोवेल कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट १०९ जनाको मृत्यु भएको छ ।

यस्तै संक्रमितको संख्या चार हजार ६७ रहेको मन्त्रालयले उल्लेख गरेको छ । त्यसमध्ये २९१ जनालाई संक्रमण निको भएको छ ।

नेपालसँग जोडिएको राज्य बिहारमा संक्रमितको संख्या आइतबारसम्म ३२ पुगेको छ । तर बिहारमा परीक्षण अति सुस्त गतिमा भएकाले संक्रमितको संख्या कम देखिएको हुन सक्ने बताइएको छ ।

यस्तै उत्तर प्रदेशमा कोरोना भाइरसका कारण अहिलेसम्म तीनजनाको मृत्यु भएको छ । वाराणसी, बस्ती र मरठमा एक–एकजनाको मृत्यु भएको थियो । राज्यमा संक्रमितको संख्या २७६ पुगेको छ ।

चैत २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्