कनिका कपूर अस्पतालबाट डिस्चार्ज

चर्चित बलिउड गायिका कनिका कपूर अस्पतालबाट डिस्चार्ज भएकी छन् । छैठौँ पटकको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

तर अझै पनि उनले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न डाक्टरहरुले सल्लाह दिएका छन् । लण्डनबाट फर्केकी कनिकालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।

कोरोना संक्रमण भएर पनि सार्वजनिक समारोहमा धेरै व्यक्तिसँग सम्पर्कमा रहेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्