१ सय ५० विपन्‍न परिवारलाई मुक्तिनाथ विकास बैंकले बाड्यो खाद्यन्‍न

काठमाडौँ- मुक्तिनाथ विकास बैंकले लकडाउनबाट प्रभावित विपन्‍न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई राहत वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जनकपुरधाममा एक कार्यक्रमकाबीच विपन्न परिवारका १ सय ५० जनालाई खाद्यन्न सामाग्री वितरण गरेको हो।

जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिए।

बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आएको छ।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू