पाँच वर्षअघि ‘आउट’ भएका महाप्रसाद अधिकारीलाई गभर्नरको जिम्मेवारी

काठमाडौँ- सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

राष्ट्र बैंकमा २६ वर्ष सेवा गरेर २०७३ सालमा अवकाश पाएका अधिकारी अघिल्लोपटक पनि गभर्नरका लागि सिफारिस भएका थिए।

५ वर्ष अगाडि गभर्नरका लागि नाम सिफारिस भएर उनी अन्तिममा फ्याँकिएका थिए।

तीन वर्षदेखि लगानी बोर्डको कार्यकारी प्रमुख रहेका अधिकारी हालका अर्थमन्त्री युवराज खतिवडा गभर्नर हुँदा डेपुटी गभर्नर थिए।

अर्थमन्त्री खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा. राजन खनाललाई सिफारिस गरेको थियो।

अर्थमन्त्री डा. खतिवडाको विश्वास पात्र मानिएका अधिकारी भारतबाट चाटर्ड एकाउन्टेन्सी अध्ययन पुरा गरेका छन्। चिरञ्जीवी नेपालले अवकाश पाएपछि गभर्नर पद चैत ५ गतेदेखि खाली थियो।

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्