कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित २० देश र तिनको अवस्था

एजेन्सी– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पहिलो पटक चीनको हुवेई प्रान्तको वुहान शहरमा देखिएको थियो। आजका दिनमा विश्वका अधिकांश देशहरु कोरोना भाइरसको चपेटामा आइसकेका छन्।

कोरोनाको उद्गमस्थल चीनको वुहानमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको बताइए पनि संसारभर भने यसको प्रकोप डरलाग्दो रुपमा फैलिरहेको छ।

विशेषगरी युरोपेली राष्ट्रहरु र अमेरिकामा यसको अवस्था भयावह बन्दै गएको छ। विस्तारै एशियाली, अफ्रिकी र ल्याटिन अमेरिकी देशहरुमा समेत कोरोनाको प्रभाव बढ्दै गइरहेको छ।

हालसम्म संसारभर कोरोना भाइरसको संक्रमणबाट ७० हजारभन्दा बढी मानिसहरुको मृत्यु भएको छ भने झण्डै १३ लाख मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तो छ कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित २० देशको अवस्था

१. अमेरिकाः अहिलेसम्मको अवस्था हेर्दा अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो। अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट दैनिक सयौँले ज्यान गुमाइरहेका छन् भने हजारौँको संख्यामा संक्रमित भेटिइरहेका छन्।

अमेरिकामा हालसम्म ३ लाख ३६ हजार ८ सय ५१ जनामा कोरोना भाइसको संक्रमण भएको पुष्टि भएको छ भने ९ हजार ६ सय २० जनाको कोरोनाबाट मृत्यु भएको छ।

२. स्पेनः पछिल्लो समय युरोपेली देशहरुमा कोरोनाको महामारीले भयावह रुप लिएको छ। स्पेनमा हालसम्म १३ हजार ५५ जनाले कोरोना भाइरसको महामारीबाट ज्यान गुमाएका छन् भने १ लाख ३५ हजार ३२ जना संक्रमित भएका छन्।

३. इटालीः कोरोनाबाट हालसम्म सबैभन्दा धेरै क्षति भएको देश इटाली हो। इटालीमा १५ हजार ८ सय ८७ जनाको कोरोनाले ज्यान लिइसकेको छ। हालसम्म इटालीमा १ लाख २८ हजार ९ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

४. जर्मनीः जर्मनीमा पनि कोरोना संक्रमितकाे संख्या एक लाख पुगेको छ। हालसम्म जर्मनीमा १ लाख १ सय ३२ जना कोरोना संक्रमित भेटिएका छन्।

अन्य देशको तुलनामा जर्मनीमा मृत्युदर भने कम छ। कोरोनाको संक्रमणबाट जर्मनीमा हालसम्म १ हजार ५ सय ८४ जनाको मृत्यु भएको तथ्यांक छ।

५. फ्रान्सः पछिल्लो समय फ्रान्समा पनि कोरोनाको संक्रमण र मृत्युदर तीब्र गतिमा बढेको छ। हालसम्म फ्रान्समा ९२ हजार ८ सय ३९ जना संक्रमित भएका छन् भने ८ हजार ७८ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्।

६. चीनः चीनको वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो। हालसम्म चीनमा ३ हजार ३ सय ३१ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ८१ हजार ७ सय ८ जना संक्रमित बनेका छन्।

चीनमा पछिल्लो समय कोरोनाको प्रभाव कम हुँदै गएको बताइएको छ।

७. इरानः मध्यपूर्वी राष्ट्र इरानमा पनि कारोना भाइरसले ठूलो क्षति पुर्‍याएको छ। इरानमा हालसम्म ६० हजार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ३ हजार ७ सय ३९ जनाले ज्यान गुमाएका छन्।

८. बेलायतः युरोपमा कोरोनाको प्रभाव विस्तार हुँदै जाने क्रममा बेलायत पनि यसबाट प्रभावित बनेको छ। बेलायतका प्रधानमन्त्रीदेखि स्वास्थ्य मन्त्रीसम्मलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

हालसम्म बेलायतमा ४७ हजार ८ सय ६ जनामा कोरोनाको संक्रमण देखिएको छ भने ४ हजार ९ सय ३४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्।

९. टर्कीः टर्कीमा अहिलेसम्म २७ हजार ६९ जना कोरोना भाइरसबाट संक्रमित बनेका छन्। अन्य देशको तुलनामा टर्कीमा मृत्युदर भने कम छ।
टर्कीमा हालसम्म ५ सय ७४ जनाको मात्रै मृत्यु भएको छ।

१०. स्वीट्जरल्याण्डः अर्को युरोपेली राष्ट्र स्वीट्जरल्याण्डमा कोरोनाबाट ७ सय ३४ जनाको मृत्यु भएको छ भने २१ हजार २ सय ८२ जनामा कारोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

११. बेल्जियमः बेल्जियममा २० हजार ८ सय १४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १६ सय ३२ जनाको मृत्यु भएको छ।

१२. नेदरल्याण्डस्: नेदरल्याण्डस्‌मा हालसम्म कोरोनाबाट १७ हजार ८ सय ५१ जना संक्रमित भएको पुष्टि भएको छ भने १७ सय ६६ जनाको मृत्यु भएको छ।

१३. क्यानडाः अहिलेसम्म क्यानडामा २ सय ८० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् भने १५ हजार ५ सय १२ जनामा संक्रमण देखिएको छ।

१४. अष्ट्रियाः अष्ट्रियामा पनि कारोनाको संक्रमणदर उच्च देखिएको छ। हालसम्म अष्ट्रियामा कोरोनाबाट १२ हजार १ सय ९ जना संक्रमित भएकोमा २ सय २० जनाको मृत्यु भएको छ।

१५. पोर्चुगलः पोर्चुगलमा ११ हजार ७ सय ३० जना कोरोना भाइरसबाट संक्रमित बनेका छन् भने ३ सय ११ जनाको मृत्यु भएको छ।

१६. ब्राजिलः ल्याटिन अमेरिकी राष्ट्र ब्राजिलमा ११ हजार २ सय ८१ जनामा कोरोनाको संक्रमण देखिएको छ। जसमध्ये ४ सय ८७ जनाको मृत्यु भएको छ।

१७. दक्षिण कोरियाः एशियाली राष्ट्र दक्षिण कोरियामा १० हजार २ सय ८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा १ सय ८६ जनाको मत्यु भएको छ।

दक्षिण कोरियाको मत्युदर अन्य देशको तुलनामा निकै कम हो। पछिल्लो समय संक्रमणदर पनि घटेको छ।

सुरुमै सावधानी अपनाएर कारोनाको परीक्षण तीब्र बनाएका कारण कोरियामा ठूलो क्षति नभएको भन्दै संसारभर तारिफ भइरहेको छ।

१८. इजरायलः इजराइलमा हालसम्म ८ हजार ६ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ५१ जनाको मृत्यु भएको छ।

१९. स्वीडेनः स्वीडेनमा ४ सय १ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने ६ हजार ८ सय ३० जना संक्रमित बनेका छन्।

२०. रुसः क्षेत्रफलका हिसावले संसारकै सबैभन्दा ठूलो देश रुसमा हालसम्म ६ हजार ३ सय ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४७ जनाको मृत्यु भएको छ।

(याे सामग्री वर्ल्डाेमिटरको तथ्यांकको आधारमा तयार पारिएको हो)

चैत्र २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू